• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    प्रसूति गृहमा अनलाइन टिकटसँगै नयाँ फार्मेसी काउन्टर सेवा


    २०८० असोज १७, बुधबार
    प्रसूति गृहमा अनलाइन टिकटसँगै नयाँ फार्मेसी काउन्टर सेवा

    २०८० असोज १७, बुधबार

    काठमाडौँः थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नयाँ फार्मेसी काउन्टर सुरु गरेको छ । मङ्गलवारदेखि सुरु गरिएको फार्मेसीमा काउन्टर विशेष गरी आपतकालीन सेवाका लागि सञ्चालन गरिएको अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले जानकारी दिए ।

    यस काउन्टरबाट आपतकालीन, इनडोर, अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी), बाझोपन र परिवार नियोजन रोगीहरूका लागि सेवा दिइने निर्देशक डा.अधिकारीले बताए ।

    अहिले अस्पतालको एनआईसीयूमा १० बेड थप गरी २० बेड सञ्चालन गरिएको छ भने अनलाइन टिकट सेवा समेत सुरुवात गरिएको अधिकारीले बताए । यस्तै गरिब विपन्न महिलाका लागि अस्पतालमा जनरलतर्फका ४५० शय्या निःशुल्क गरिएको जनाइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर