• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    नेपालभर ७६ जिल्लामा डेंगीका बिरामी भेटिए


    २०८० असोज १, सोमबार
    नेपालभर ७६ जिल्लामा डेंगीका बिरामी भेटिए

    २०८० असोज १, सोमबार

    काठमाण्डौंः पछिल्लो २४ घण्टामा देशभर डेंगीका ४३३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै यस वर्ष डेंगी संक्रमितको संख्या २७ हजार ९६८ पुगेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसवर्ष ७६ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् भने डेंगीकै कारण १५ जनाको मृत्यु भइसकेको छ । हाल देशका पाँचवटा जिल्लामा डेंगी संक्रमितकोको संख्या ५०० भन्दा माथि रहेको महाशाखाले जनाएको छ ।

    कोसी प्रदेशमा २० हजार ९२४, मधेस प्रदेशमा ५६४, वाग्मती प्रदेशमा चारहजार २४६, गण्डकी प्रदेशमा ८७९, लुम्बिनी प्रदेशमा ४६८, कर्णाली प्रदेशमा ७४ र सुदूरपश्चिम प्रदेशमा ८१३ जना डेंगी संक्रमित रहेका छन् ।

    उच्च ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी र मांशपेशीहरू दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, आँखाको गेडी दुख्नु र वाकवाकी लाग्नु वा बान्ता हुनु डेंगीका लक्षणहरु हुन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर