• जेठ २, २०८२ शुक्रबार
    16 May, 2025, Friday

    सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु


    २०८० भाद्र १९, मंगलबार
    सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु

    २०८० भाद्र १९, मंगलबार

    काठमाण्डौंः सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ । आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो । बुस्टर खोप अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो र दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    बुस्टर खोप अभियानको पहिलो चरणमा २० हजारभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाइने छ । कोरोना भाइरसविरुद्धको बुस्टर अभियानमा १० स्थानीय तहका २० हजार एक सय ६० जनालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए । जिल्लाका १२ वर्ष माथिका एक लाख २० हजार जनालाई बुस्टर खोप लगाउने लक्ष्य राखिएको उनले बताए ।

    बुस्टर खोप अभियान यही भदौ १७ गतेदेखि सुरु भएको सूचना अधिकारी श्रेष्ठले बताए । बुस्टर खोप अभियानका लागि दुई सय २४ स्वास्थ्यकर्मी र चार सय ४४ स्वयंसेवक परिचालन गरिएको उनले बताए । कोरोना भाइरसविरुद्धको खोप हालसम्म १२ वर्षमाथिका पहिलो मात्रा ८६ प्रतिशत, दोस्रो मात्रा ९३ प्रतिशत, पहिलो बुस्टर ६९ प्रतिशत र दोस्रो बुस्टर खोप ११ प्रतिशतले लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरसविरुद्धको खोपका लागि एक सय खोप केन्द्र तोकिएको छ । बुस्टर डोज लगाउन छुट भएकालाई पनि खोप लगाउन आग्रह गरिएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर