काठमाण्डौंः डडेलधुरामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बाट १ हजारभन्दा बढी पशु चौपाया मरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेलधुराले दिएको तथ्याङ्कअनुसार हालसम्म १ सय ९२ बाच्छा–बाच्छी, ५ सय ७३ गाई, ३ सय ५ गोरु, २१ भैँसीको मरेका छन् ।
यो रोगबाट ३२ हजार ९ सय ६५ सङ्क्रमित रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेलधुराका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।
४ हजार ३ सय ८२ बाच्छा–बाच्छी, १६ हजार ४ सय ७६ गाई, १० हजार ४ सय ४० गोरु, ३ हजार ६ सय ६७ भैँसीमा सङ्क्रमण देखिएको छ ।
सात वटा स्थानीय तह रहेको डडेलधुरामा कुल १ लाख ४ हजार ७ सय २६ पशुको सङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।