• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    एनसेलले ल्यायो वायर फ्री वाईफाई योजना


    २०७७ श्रावण २४, शनिबार
    एनसेलले ल्यायो वायर फ्री वाईफाई योजना

    २०७७ श्रावण २४, शनिबार

    सञ्चार प्रदायक कम्पनी एनसेल आजीयाटा लिमिटेडले नेपालमै पहिलो पटक वायर फ्री प्लस वाईफाई सेवा शुरु गरेको छ ।

    अब नेपालका उपभोक्ताले गुणस्तरीय वायर फ्री इन्टरनेट र वाईफाई कनेक्टिभिटीको फाइदा लिन सक्ने भएका छन् । ‘अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलबारदेखि सुरु भएको वायर फ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुवै प्रयोजनका लागि लक्षित वाईफाई सेवा हो ।

    यो प्रविधि अन्तर्गत उपभोक्ताले तार बिना नै डेटा सेवा लिन सक्ने एनसेलले जनाएको छ । कम्पनीको योजनाअनुसारको आकर्षक बण्डलिङ सेवा अन्तर्गत ग्राहकले दुई वटा फोरजी सिमकार्ड पाउने छन् ।

    वायर फ्री प्लस वाईफाई सेवाका लागि हप्ताको सातै दिन, २४ सै घण्टा ग्राहक सेवा उपलब्ध हुने बताइएको छ । गएको महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि बुकिङ लिन शुरु गरेको थियो ।

    मासिक ६९० रुपैयाँमा कम्पनीको वार्षिक प्लानमा सहभागी हुन सकिने एनसेलले जनाएको छ । जसअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसार गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समूहमध्ये कुनै पनि समूह अन्तर्गतको प्लान रोज्न सक्नेछन् ।

    गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा करबाहेक मासिक ६९० रुपैयाँमा ६० जीबी वायर फ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र दुई वटा फोरजी सिम कार्डमा मासिक पाँच जीबी डेटा प्राप्त गर्नेछन् ।

    प्लाटिनम समूहअन्तर्गत ग्राहकले करबाहेक मासिक ८६० रुपैयाँमा ८५ जीबी वायर फ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन् ।

    डायमण्ड समूहअन्तर्गत ग्राहकले करबाहेक मासिक ९५० रुपैयाँमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटै फोरजी सिम कार्डमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन् ।

    नयाँ थिम ‘प्लस’ अन्तर्गत नै एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युव प्लस’ अफर, इण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरपल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीको विश्वास छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर