• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरियो पिएसजी


    २०७८ माघ १८, मंगलबार
    कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरियो पिएसजी

    २०७८ माघ १८, मंगलबार

    काठमाडौँ, माघ १८। पेनाल्टी सुटआउटमा नाइससँग पराजित भएपछि पेरिस सेन्ट जर्मेनको लगातार तेस्रो पटक कोपा डी फ्रान्सको उपाधि जित्ने प्रयास सकिएको छ ।

    पराजित भएसँगै पिएसजी कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरिएको छ।  निससँग गए राती भएको खेलमा पेनाल्टी सुटआउटमा ६-५ ले स्तब्ध भएको हो।

    निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा पिएसजीबाटै लोनमा निस गएका मार्सिन बल्का नाएक बनेका थिए । उनले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोकेका थिए । निसले भने  क्वार्टफाइनलको यात्रा तय गरेको छ ।

    निसका डेलोर्टले गोल गर्न नसके पनि बाँकी सबै खेलाडीले गोल गरेका थिए।

    पिएसजीका लागि मेसी, एम्बाप्पे, ड्राक्सलेर, भेराती र बेर्नाटले गोल गरेका थिए।

    पिएसजीको यो हारसँगै सबै खाले प्रतियोगिता गरि १४ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर