• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे तयारी अन्तिम चरणमा


    २०७८ पुष २, शुक्रबार
    धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे तयारी अन्तिम चरणमा

    २०७८ पुष २, शुक्रबार

    काठमाण्डौंः प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता धनगढीमा सञ्चालन हुने भएको छ ।

    ३ पुसदेखि धनगढी–३ मा रहेको फाप्ला क्रिकेट मैदानमा राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिने क्यान सुदूरपश्चिम प्रदेशले जानकारी दिएको छ । प्रतियोगिता सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेको क्यानका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि रेग्मीले बताए ।

    अध्यक्ष रेग्मीका अनुसार प्रतियोगिता सञ्चालनका लागि मूल आयोजक समिति तथा उपसमिति गठन गरिएका छन् । प्रतियोगितमा सात वटै प्रदेशबाट एक एक टोली र विभागीय एपीएफको टोली गरी आठ टिमको सहभागिता रहने अध्यक्ष रेग्मीले बताए ।

    प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले दुई हजार, प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले दुई हजार पाँच सय, तथा उत्कृष्ट बलर र ब्याट्सम्यान्ले १५/१५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर