• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    पूर्वकप्तान पारस खड्काद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा


    २०७८ श्रावण १९, मंगलबार
    पूर्वकप्तान पारस खड्काद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

    २०७८ श्रावण १९, मंगलबार

    काठमाडौंः नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले मङ्गलवार सामाजिक सञ्जालमार्फत भनेका छन्,‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु, नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।’

    उनले सन् २००२ देखि नेपाली राष्ट्रिय टिमबाट खेलेका हुन् । उनले दुई दशकसम्म समर्थक, परिवार, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाले माया, हौसला र प्रशंसा गरेको भन्दै त्यसप्रति आफू ऋणी भएको बताएका छन्।

    ‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु, मैदानभित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन्’ उनले भनेका छन् ।

    Image

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर