विश्वकप फुटबलमा अहिले समूह जी का ब्राजिल र स्विट्जरल्याण्ड भिडिरहेका छन्।
समूह चरणको दोस्रो खेलमा दुवै टोलि जितको खोजिमा छन्। तर पहिलो हाफको खेल सकिँदा दुवै टोलिबाट गोल हुन सकेको छैन।
ब्राजिलले लगातार स्विट्जरल्याण्डको पोष्टमा आक्रमण गरिरहे पनि रक्षा पंक्ति तोड्न नसक्दा आग्रता लिन सकेको छैन।
ब्राजिल आज स्टार फरवार्ड नेयमारविना मैदान उत्रेको छ। चोटका कारण नेयमारले केही खेल गुमाउने छन्।
आजको जित निकाल्ने टोली एक खेल अघि नै नकआउटमा सुरक्षित हुनेछ। अर्को स्थानका लागि तीन टोलीबिच प्रतिस्पर्धा हुने छ।
यहि समूहका क्यामरुन र सर्वियाले १-१ को बराबरी खेलेका छन्। दुबैको समान एक अंक छ। पहिलो खेलमा ब्राजिल र स्विट्जरल्याण्ड विजयी भएका थिए।