• जेठ २, २०८२ शुक्रबार
    16 May, 2025, Friday

    गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पदबहाली


    २०७८ श्रावण १८, सोमबार
    गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पदबहाली

    २०७८ श्रावण १८, सोमबार

    काठमाण्डौंः गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गर्नुभएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा साउन १२ गते गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुनुभएका गुरुङले सोमबार पदबहाली गर्नुभएको हो ।

    पदबहाली गर्दै प्रदेश प्रमुख गुरुङले संविधानको पूर्ण पालना गर्दै सङ्घीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्ने आफूहरूको प्रमुख दायित्व भएको बताउनुभयो । उहाँले संविधानले निर्दिष्ट गरेका कार्य अक्षरशः पालना गर्ने बताउनुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर