• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    पन्चकन्याको शैक्षिक रुपान्तणका लागि अनलाइनबाट शिक्षक तालिम


    २०७७ श्रावण २४, शनिबार
    पन्चकन्याको शैक्षिक रुपान्तणका लागि अनलाइनबाट शिक्षक तालिम

    २०७७ श्रावण २४, शनिबार

    नुवाकोट । जिल्लाको पन्चकन्या गाउँपालिकाले बन्दाबन्दीमा रहेका प्राथमिक शिक्षकहरुलाई लक्षित गरी अनलाईनको माध्यामबाट ८ दिने शिक्षक तालिम शुरु गरेको छ । पन्चकन्या गाउँपालिकामा रहेका २ दर्जनभन्दा बढी विद्यालयमा अनलाइनमार्फत तालिम सुरु गरिएको हो । उक्त गाउँपालिकामा आधारभूत तथा माध्यामिक गरी २७ वटा बिद्यालयहरु रहेका छन् ।

    लामो समयदेखि शिक्षा शाखा कर्मचारी विहिन रहेको र हालै शिक्षा शाखामा कर्मचारी ब्यस्थापन भएपछि गाउँपालिकाले शिक्षालाई नयाँ र वैज्ञानिक ढंगबाट अगघ बढाउने उद्धेश्यका साथ अनलाइनका माध्यामबाट तालिम लगायतका कार्यक्रमहरु सुरु गरिएको शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले बताए ।

    यस वर्षदेखि सरकारले कक्षा १ मा एकिकृत पाठयक्रम लागू गरेको छ तर कोरनाका कारण पठनपाठन नै शुरु हुन सकेको छैन । सरकारले बिद्यालयहरु सञ्चालन गरेपछि पनि शिक्षकहरु कक्षा कोठामा प्रवेश गरेर परिवर्तित पाठयक्रम अध्यापन गराउन कठिन हुने देखिएको छ । सोही अवस्थालाई मध्यनजर गर्दै शिक्षकहरुलाई तालिम दिन लागिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले आधारभूत तहलाई शिक्षाको खम्बाको रुपमा महसुस गरेर उक्त खम्बालाई मजबुत बनाउन प्राथमिक तहबाटै सुधार गर्न खोजिएको गाउँपालिका अध्यक्ष तेजबहादु तामाङले बताए । व्यवसायिक शिक्षालाई समेत गाउँ पालिकाले प्राथमिकतामा राखेको शिक्षा शाखा संयोजक रामबाबु पराजुलीले बताए ।

    कोरना कहर बढेर शैक्षिक वर्षनै खेर जाने स्थिति आएमा कक्षा ९, १०, ११ र १२ का लागि बन्दाबन्दी शिक्षा (क्वारेटिन शिक्षा) सञ्चालन गरिने योजना रहेको गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले जानकारी दिए । गाउँ पालिकाले कोरना कहरमा कृषि व्यवसायलाई नीति तथा कार्यत्रmममा प्रमुख प्राथमिकतामा राखेको र यसलाई व्यवहारमा कार्यान्वयन गर्न यस वर्षदेखि नै बाली बिज्ञान बिषयमा इन्द्रायणी कृषी मा.वि. सञ्चालन गरिन लागेको वडा नं १ का अध्यक्ष मणिनाथ लामिछानेले बताए ।

    रुम टु रिडको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिममा २७ वटै विद्यालयबाट भाषा अध्यापन गराउने शिक्षकलाई सहभागी गराई सञ्चालन भैरहेको छ । रुडेक नेपालद्वारा सहजीकरण गरिएको तालिम कार्यक्रम २०७६ श्रावण ४ देखी ७ गते सम्म सञ्चालन हुने पन्चकन्या गाउँपालिकाको शिक्षा अधिकृत जोशीले बताए । तालिम कार्यक्रमको सहजीकरण रुम टु रिड बाट एकराज कोईराला, बटुराम भण्डारी, राजन सापकोटा र एलबि खडका लगायत पाठयक्रम बिकास केन्द्रबाट समेत हुनेछ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर