• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध


    २०७८ मंसिर २६, आइतबार
    दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध

    २०७८ मंसिर २६, आइतबार

    काठमाण्डौः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित हुनुभएको छ । विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुङ्गाना निर्विरोध निर्वाचित हुनुभएको हो ।

    प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । उहाँहरु दुवै जनाले शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिनुभएको थियो । रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुनुहुन्छ । प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा यादवले उम्मेदवारी दिनुभएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर