• फागुण ६, २०८१ मंगलबार
    18 Feb, 2025, Tuesday

    भक्तपुरको सभापतिमा थापा निर्वाचित


    २०७८ मंसिर १४, मंगलबार
    भक्तपुरको सभापतिमा थापा निर्वाचित

    २०७८ मंसिर १४, मंगलबार

    काठमाण्डौः नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित हुनुभएको छ । थापा यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कँवेले ४४२ मत प्राप्त गर्नुभयो ।

    उपसभापतिमा थापा समूहकै विजेश अवाल (५५९) र उर्मिला वन (५१४) निर्वाचित हुनुभयो । सचिवमा सुशील बस्नेत (५५२) र राजेश खड्का (४८५) निर्वाचित हुनुभयो । सहसचिवमा यादवप्रसाद अधिकारी (५७४) र कृष्णमुरारी न्यौपाने (५१४) विजयी हुनुभयो ।

    जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुरथिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापामगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाइतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदिवासी जनजातिबाट रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुलाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत तथा मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित हुनुभयो ।

    जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कँवे समूहका उमेशकुमार खड्का विजयी हुनुभयो । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को कार्यसमिति सदस्यमा वीरबहादुर विश्वकर्मा निर्वाचित हुनुभयो । भक्तपुर क्षेत्र नं २ को आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित हुनुभयो । गत साता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटि भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगन गरी पुनः जिल्ला अधिवेशनका दौरान निर्वाचन गरिएको हो ।

    भक्तपुर क्षेत्र नं २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । महासमिति सदस्य खुलामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कँवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित हुनुभयो । त्यसैगरी महिला खुलामा अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदिवासी जनजाति खुलामा ज्ञानदास प्रजापति र खसआर्य खुलामा लछुराम न्यौपाने विजयी भए । उहाँहरु सबै कँवे समूहका हुन् ।

    भक्तपुर क्षेत्र नं १ को महासमिति सदस्य सदस्यमा प्रत्यक्षतर्फ खुलामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदिवासी जनजातितर्फ खुलामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की, सुभद्रा काफ्ले, आदिवासी जनजाति महिलामा गङ्गालक्ष्मी अवाल तथा खसआर्य खुलामा हरिप्रसाद नेपाल निर्विरोध चयन भएका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर