काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिएकी छिन् ।
प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि काँग्रेसले समानुपातिकको बन्द सूचीमा खसआर्य महिलातर्फ उनको नाम राखिएको थियो । हिजो आयोगमा उनले नाम फिर्ता लिएकी हुन् ।
उनी कास्कीबाट प्रतिनिधित्व गर्छिन् । उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् । निर्वाचन आयोगले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिन चाहनेलाई सोमबार (पुस २८)को दिन तोकेको थियो ।




