• माघ ६, २०८२ सोमबार
    19 Jan, 2026, Monday

    तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय


    २०८२ असोज ८, बुधबार
    तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय

    २०८२ असोज ८, बुधबार

    काठमाडौं, ८ असोज । नेकपा (माओवादी केन्द्र) ले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउन सरकारसँग माग गरेको छ ।

    आज (बुधबार) बसेको स्थायी कमिटी बैठकले आगामी फागुन २१ गते नै निर्वाचन गराउन माग गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । निर्वाचन गराउनका लागि पार्टीले आवश्यक भूमिका खेल्ने पनि माओवादीले बताएको छ ।

    माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले जेन–जीसहित परिवर्तनकारी शक्तिहरुसँग संवाद गर्दै समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरुसँग एकताको लागि पहल गर्ने पनि निर्णय गरेको बताइएको छ । प्रवक्ता सापकोटाका अनुसार बैठकमा पार्टीले आगामी मंसिरमा गर्ने भनेको विशेष महाधिवेशनको बारेमा पनि चर्चा भएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर