• भाद्र २९, २०८२ आइतबार
    14 Sep, 2025, Sunday

    एमाले केन्द्रीय परिषद् सदस्य ‘यथार्थ’ माओवादी केन्द्रमा प्रवेश


    २०८२ श्रावण ३१, शनिबार
    एमाले केन्द्रीय परिषद् सदस्य ‘यथार्थ’ माओवादी केन्द्रमा प्रवेश

    २०८२ श्रावण ३१, शनिबार

    काठमाडौँ, ३१ साउन । बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुवर ‘यथार्थ’ एमाले परित्याग गरेका छन् । उनले एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् ।

    जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुवर नेकपा विभाजन पश्चात एमालेमा सक्रिय थिए । कुवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।

    माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुवर ‘विजय सुन्दर’ ले दिपेन्द्र कुवर पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका थिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर