• भाद्र २९, २०८२ आइतबार
    14 Sep, 2025, Sunday

    अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप


    २०८२ श्रावण २७, मंगलबार
    अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप

    २०८२ श्रावण २७, मंगलबार

    काठमाडौं, २७ साउन । निर्वाचन आयोगले अनिलकुमार झालाई नेपाल सदभवना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ ।

    आज बसेको आयोगको बैठकले झालाई पार्टी र चुनाव चिन्ह दिने निर्णय गरेको हो।

    `निर्वाचन आयोगले मेरो पक्षमा निर्णय गर्दै नेपाल सदभावना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ, पत्र भोलीसम्म पाउँछु होला,`झाले भने ।

    सो पार्टी रामकुमार महतोको नाममा दर्ता रहेको र सो पार्टीको नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे पनि उनले झालाई दिएका थिएनन्

    जसका कारण महतो र झा बिच सो पार्टी र पार्टी चिन्हका बारेमा कानुनी लडाई चलिरहेको थियो। तर, अन्तत: झाले बाजी मारेका हुन् ।

    `६० प्रतिशत भन्दा बढी केन्द्रीय नेताले मेरो पक्षमा हस्ताक्षर गरे पछि पार्टी र चिन्ह मैले पाएको हुँ,´ झाले भने ।

    आयोगले झाको पक्षमा निर्णय गरे पछि महतो भने अदालत जाने भएका छन् । `अब म अदालत जान्छु, यो जालझेलपुर्ण निर्णयको बिरोधमा उभिन्छु।`

    उनले लोकतान्त्रिक समाजवादी पार्टीवाट गत चैत ४ गतेको ब्याक डेट साउन पहिलो साता अध्यक्ष महन्थ ठाकुरसमक्ष राजिनामा दिएका थिए।  जो स्वीकृत भईसकेको छ।

    गजेन्द्रनारायण सिंहको लिगेसी रहेको नेपाल सदभावना पार्टी र चुनाव चिन्ह पाए पछि झाले निकट भविश्यमा पत्रकारसम्मेलन गरेर पार्टीको धारणा सार्बजनिक गर्नेछन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर