• कार्तिक ८, २०८२ शनिबार
    25 Oct, 2025, Saturday

    निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल


    २०८२ असार २२, आइतबार
    निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल

    २०८२ असार २२, आइतबार

    काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाएको टिप्पणी गरेका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा नेता रिजालले निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाएको बताए ।

    “महाधिवेशन प्रतिनिधि उत्पादन गर्न भ्रातृ संस्था गठन गर्‍यौँ, भाग मिलाउन गठन गर्‍यौँ । तर, न भ्रातृ संस्थानले पार्टी संगठन बलियो बनाउँछ । न जनसम्पर्क समितिले पार्टी संगठन बलियो बनाउँछ,” उनले बैठकमा भने ।

    उनले निर्वाचन क्षेत्र तहसम्मको मात्रै भ्रातृ संस्था बनाउनुपर्ने प्रस्ताव राखे ।

    रिजालले पार्टी सभापति आफूलाई बनाइदिँदा समस्या समाधान हुने भन्ने नेताहरूको भनाइले पार्टी नबन्ने बताए । “दश जनाभन्दा बढी नेताले सभापति मलाई बनाइदिनुस् । बाँकी समस्या समाधान हुन्छ भन्छन् । त्यो भन्दा सुनेको छैन । यसरी पार्टी संगठन बन्दैन,” रिजालले भने ।

    उनले पार्टीको विधानलाई दुई चरणमा संशोधन गर्ने प्रस्तावसमेत राखे । “पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको निर्वाचन गरौंं । महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ । त्यो सभापतिले तत्काल कार्यकाल सुरु गर्ने होइन, आमनिर्वाचनपछि कार्यकाल सुरु हुनेछ,” उनले भने ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर