• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    एसएसबीको ज्यादती बिरुद्ध भारतीय दूतावास अगाडी अखिल क्रान्तिकारीको बिरोध प्रदर्शन


    २०७८ श्रावण १८, सोमबार
    एसएसबीको ज्यादती बिरुद्ध भारतीय दूतावास अगाडी अखिल क्रान्तिकारीको बिरोध प्रदर्शन

    २०७८ श्रावण १८, सोमबार

    काठमाण्डौंः मोहन वैद्य नेतृत्वको अखिल क्रान्तिकारीले दार्चुलाको महाकाली नदीमा जयसिंह धामी वेपत्ता भएको घटनालाई लिएर राजधानीमा बिरोध प्रदर्शन गरेको छ ।

    सोमबार सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

    संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ ।

    केही दिनअघि धामी भारत जाने क्रममा चढेको तुइन भारतीय सीमा सुरक्षा बलका जवानहरूले काटिदिएपछि उनी नदीमा खसेर वेपत्ता भएका खबर बाहिर आएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर