• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    प्रश्न बिनाको पार्टी र इन्धन बिनाको साधन दुबै गन्तव्य पुग्दैनन् : सुदन किराती


    २०८१ माघ २१, सोमबार
    प्रश्न बिनाको पार्टी र इन्धन बिनाको साधन दुबै गन्तव्य पुग्दैनन् : सुदन किराती

    २०८१ माघ २१, सोमबार

    काठमाडौँ, २१ माघः  नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रश्नको मृत्यु भयो भने पार्टीमा स्वेच्छाचारिता बढ्ने बताएका छन्।

    सोमबार आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्रीसमेत रहेका किरातीले यस्तो बताएका हुन्।

    पार्टीभित्र पश्नको मृत्यु भयो भने स्वेच्छचारिता अझ  बढ्नेछ। इतिहासको अनुभवले यो प्रवृत्ति गद्दार र धोकेवाज हुन जान्छ, स्वेच्छाचारिता पार्टीले शहीदको सपना पूरा गर्न सक्दैन,उनले भने।

    यस्तै उनले प्रश्न बिनाको पार्टी गन्तव्य पुग्न नसक्ने बताए। प्रश्न बिनाको पार्टी र इन्धन बिनाको साधन दुबै गन्तव्य पुग्दैनन्। आजको कार्यकर्ता यति कुरामा प्रष्ट हुनै पर्छ। तर, प्रश्न यान्त्रिक, पूर्वाग्रही र निरपेक्ष हुनुभएन। यी दुवै प्रवित्तिले देश र पार्टीको नेतृत्व गर्न नसक्ने हुँदा हामीलाई अस्वीकार्य छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर