• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    बरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमण निन्दनीय : एमाले


    २०८१ माघ ३, बिहिबार
    बरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमण निन्दनीय : एमाले

    २०८१ माघ ३, बिहिबार

    काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) ले सहकारी ठगी प्रकरणमा बिपक्षमा बहस गरेकै आधारमा अदालत परिसरमै बरिष्ठ अधिबक्तामाथि भएको आक्रमणको निन्दा गर्दै दोसीमाथि कडा कार्वाहीको माग गरेको छ ।

    एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले बिहीवार बिज्ञप्ति जारी गर्दै बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कार्वाहीको माग गर्नुभएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले सभापति रबि लामिछानेको बिपक्षमा बहस गरेको भन्दै बुधवार जिल्ला अदालत काठमाडौं परिसरमा नै आक्रमण गरेका थिए । एमालेले सो घटनाको बिरोध गर्दै निष्पक्ष छानविनको माग गरेको छ । बिज्ञप्तिमा भनिएको छ,  ‘मिति २०८१ माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा सांघातिक हमलाजस्ता निन्दनीय कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

    जाहेरवालाको तर्फबाट वहस गरेकै आधारमा वहस पैरवीका वुँदाहरुलाई लिएर अराजक समुहबाट वरिष्ठ कानुनविदमाथि भएको यसप्रकारको निन्दनीय कार्यको एमालेले खेद ब्यक्त गरेको  प्रमुख गौतमले उल्लेख गर्नुभएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर