• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    मधेश केन्द्रित दलहरूद्धारा गठित कार्यदलको पहिलो बैठक मंगलबार


    २०८१ पुष २९, सोमबार
    मधेश केन्द्रित दलहरूद्धारा गठित कार्यदलको पहिलो बैठक मंगलबार

    २०८१ पुष २९, सोमबार

    काठमाण्डौंः मधेश केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्ने प्रयासस्वरूप गठित कार्यदलको पहिलो बैठक भोलि (मंगलवार) बिहान ११ बजे धुम्बाराहीस्थित समर्पण एकेडेमीमा बस्ने भएको छ।

    बैठकमा विभिन्न दलका नेताहरू सहभागी भई मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल गर्ने तय भएको छ। मधेश केन्द्रित मुद्दाहरूमा एकजुट भई राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले कार्यदल गठन गरिएको हो।

    यी हुन् बैठकमा सहभागी हुने नेताहरूः

    जसपा: रेणु यादव, इस्तियाक राई

    जसपा नेपाल: राजकिशोर यादव

    लोसपा: जितेन्द्र सोनल, सुरेन्द्र झा

    जनमत पार्टी: अब्दुल खान, शरद यादव

    जनप्रगतिशील पार्टी: शिवजी यादव

    राष्ट्रिय मुक्ति पार्टी: केशव झा

    तमलोपा: वृषेश चन्द लाल

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर