• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    प्रेस चौतारी नेपालको महाधिवेशन मिति घोषणा


    २०८१ पुष १७, बुधबार
    प्रेस चौतारी नेपालको महाधिवेशन मिति घोषणा

    २०८१ पुष १७, बुधबार

    काठमाडौँ, पुस १७ गते । नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले आफ्नो १० औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ ।

    प्रेस चौतारी नेपालको आज बसेको सचिवालय बैठकले आगामी फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।

    उहाँले श्रमजीवी पत्रकारले अझै पनि न्यूनतम पारिश्रमिकमा काम गर्नुपरेको र सामाजिक सुरक्षा कोषजस्ता पत्रकारका हकहितका काम हुन नसकेकाले महाधिवेशन त्यसतर्फ केन्द्रीत हुने बताउनुभयो ।

    महाधिवेशनअघि प्रेस चौतारी नेपालले प्रदेश र जिल्ला अधिवेशन सकाउने निर्णय गरेको छ । उहाँका अनुसार जिल्ला अधिवेशन माघ २५ गते र  प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्देशन दिएको छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर