• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    काँग्रेसका डा. शेखर कोइराला आजदेखी सुदूरपश्चिम भ्रमणमा निस्कदै


    २०८१ पुष ५, शुक्रबार
    काँग्रेसका डा. शेखर कोइराला आजदेखी सुदूरपश्चिम भ्रमणमा निस्कदै

    २०८१ पुष ५, शुक्रबार

    काठमाण्डौं, ०५ पौष । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको आज पुष ५ गतेदेखि सुदूरपश्चिमको भ्रमणमा निस्कने भएका छन् । कोइरालाको निजी सचिवालयले जनाएको अनुसार भ्रमण अवधिभर उनले धनगढीमा नौ आटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ ।

    सचिवालयले जनाए अनुसार, डा. कोइरालाले पुष ५ गते शुक्रबार आज धनगढीमा सुदूरपश्चिमका नौ आटै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ । उनले हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई फरक फरक समयमा भेट्ने र जिल्लागत विभिन्न विषयमा छलफल हुनेछ । शुक्रबार उनी दिनभर भेटघाटमै ब्यस्त रहने तालिका रहेको छ ।

    पुष ६ गते भातृ तथा शुभेच्छुक संस्थाहरुसँगको भेटघाट रहेका छ । सोही दिन दिउँसो डा। कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    डा. शेखर कोइरालासँगै नेपाली कांगे्रसका नेता हृदयराम थानी, डा. गोबिन्दराज पोखरेल, सुनिल शर्मा लगायतका नेताहरुले प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    डां शेखर कोइरालालाई भेटन सुदूरपश्चिमका नौ ओटै जिल्लाबाट स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारी तथा नेता कार्यकर्ता धनगढी आउनेक्रम शुरु भइसकेको छ । डा. कोइराला सुदूरपश्चिम आउने खबरले स्थानीय नेता तथा कार्यकर्ता निकै उत्साही भएका छन् ।

    नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा हुने डा. शेखर कोइरालाको यो भ्रमणलाई पार्टीभित्र र बाहिर निकै चासोको साथ हेरिएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर