• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    अधिकार प्राप्तिको लडाइँमा कुनै शक्तिसँग सम्झौता नगर्ने प्रचण्डको दाबी


    २०८१ मंसिर २९, शनिबार
    अधिकार प्राप्तिको लडाइँमा कुनै शक्तिसँग सम्झौता नगर्ने प्रचण्डको दाबी

    २०८१ मंसिर २९, शनिबार

    बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकार प्राप्तिको लडाइँमा कुनै शक्तिसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

    आज रुपन्देहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानमा आम उत्पीडित समुदायका अधिकार सुनिश्चित गरिएको भएपनि परिवर्तन विरोधीहरूले अधिकार खोस्ने प्रयास गरिरहेको जिकिर गर्नुभयो ।

    अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्री कार्यकालमा विदेशमा भएका लाखौँ नेपाली युवाहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका दाबी गर्नुभयो ।

    उहाँले २०८४ को निर्वाचनमा माओवादीलाई पहिलो शक्तिका रुपमा स्थापित हुने गरी लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर