• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    लुम्बिनी प्रदेशमा एमालेका लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी


    २०८१ श्रावण ७, सोमबार
    लुम्बिनी प्रदेशमा एमालेका लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी

    २०८१ श्रावण ७, सोमबार

    काठमाण्डौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

    सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री महराले राजीनामा दिँदै भनेका छन्- ‘केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु दुःखद हो ।’

    मुख्यमन्त्री महराको राजीनामासँगै एमाले र नेपाली काग्रेसले नयाँ सरकार गठनको तयारी सुरु गरेको एमालेका प्रमख सचेतक तुल्सीप्रसाद चौधरीले बताए । नयाँ सरकार बनाउन एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा दावी पेश गर्ने तयारी रहेको उनको भनाइ छ ।

    कूल ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र काग्रेसका २७ प्रदेशसभा सदस्य रहेका छन् । सत्ता सहकार्यका लागि अन्य साना दललाई समेत प्रदेश सरकारकारमा समेट्ने तयारी रहेको प्रमुख सचेतक चौधरीले जानकारी दिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर