• फागुण ५, २०८१ सोमबार
    17 Feb, 2025, Monday

    नेकपा एमाले कार्यदलको बैठक बस्दै


    २०७८ असार २२, मंगलबार
    नेकपा एमाले कार्यदलको बैठक बस्दै

    २०७८ असार २२, मंगलबार

    काठमाडौंः सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज (मंगलबार) पनि बस्दै छ । सिंहदरबारमा सोमबार साँझ सम्पन्न बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको हो ।

    सिंहदरबारमा सोमबार साँझ बसेको बैठकमा पार्टी विवाद समाधानबारे छलफल भएको नेपाल समूहका संयोजक भीम रावलले बताउनुभएको थियो । उहाँका अनुसार आजदेखि पार्टी मिलाउने प्रयास हुनेछ ।

    कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता रहेका छन्। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

    त्यस्तै नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन् । गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर