• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    पार्टी स्थापनाको छाेटाे समयमा पनि नेपाली राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेकाे छ : देउवा


    २०८१ असार १७, आइतबार
    पार्टी स्थापनाको छाेटाे समयमा पनि नेपाली राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेकाे छ : देउवा

    २०८१ असार १७, आइतबार

    काठमाण्डाैः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थापनाको छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको बताउनुभएकाे छ ।

    आज काठमाण्डाैमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिबद्धताका साथ नेकपा (एकीकृत समाजवादी) ले काम गरिरहेको उल्लेख गर्नुभयो ।

    नेपालको संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत देशमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेन्डा रहेकाे देउवाकाे भनाइ छ ।

    उहाँले भन्नुभयाे, ‘नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापनाकालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले काम गरिरहेको छ । भविष्यमा पनि यसको निरन्तरता हुनेछ भन्ने विश्वास लिएको छु ।’

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर