• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    टेरामक्सबारे उचित समयमा जवाफ दिन्छुः सांसद बस्नेत


    २०८१ असार १५, शुक्रबार
    टेरामक्सबारे उचित समयमा जवाफ दिन्छुः सांसद बस्नेत

    २०८१ असार १५, शुक्रबार

    काठमाडौंः नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स प्रकरणबारे उचित समयमा जवाफ दिने बताएका छन् ।

    शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले टेरामक्सलाई लिएर संसद्मा आफूविरुद्ध कुराहरु आइरहेको भन्दै आफुले उचित समयमा जवाफ दिने बताएका हुन् ।

    बस्नेतले टेरामक्स वार्षिक अर्बौं राजश्व बचाउने एकमात्र मन्त्र रहेको बताउदै टेरामक्स प्रणाली लागू नभएसम्म कल बाइपास गरेर कालोबजारी भइरहने बताए ।

    उनले भने, ‘मलाई पनि यो टेरामक्सको कुरा लिएर बेला–बेलामा, यसका बारेमा तीन जना सांसदहरुको नाम मुछिएको छ । एकदम कलिला–कलिला ओठ निर्चोदा दुध आउने माननियदेखि लिएर दाह्रीजुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु ।’

    उनले संसारभरी टेलिफोनमा कल बाइपास टेरामक्स विधिले नै नियन्त्रण भइरहेको दाबी गर्दै टेरामक्स प्रकरणमा ठगीको धन्दा नभएको बताए ।

    नेता बस्नेतले नेपालमा कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजश्व घोटला भइरहेको बताए। उनले भने, ‘मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ । २५ अर्ब वार्षिक घटला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायहरुलाई ड्राइभर्ट गर्न खोजेको हो ? भविष्यले बताउँला।’

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर