• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय


    २०८१ बैसाख २०, बिहिबार
    सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय

    २०८१ बैसाख २०, बिहिबार

    धनगढी, २० वैशाख । नेपाली कांग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

    मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने भएसँगै बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको संसदभित्र र बाहिर कडा प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक बिक्रम धामीले बताए।

    धामीले सोडारीसमेतको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी गरे पनि प्रदेश प्रमुखले झुक्याएर फेरि प्रक्रिया थालेर सोडारीलाई नियुक्त गरेका कारण विश्वासको मत लिने कदम अर्को त्रुटि भएकाले प्रतिवाद गर्ने निर्णय गरिएको उनले बताए।

    ६ वैशाखमा एमाले, माओवादी केन्द्र र नाउपाको रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर