• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    आलोपालो मुख्यमन्त्री बन्ने सहमतिपछि जम्मकट्टेललाई नेकपा एसले विश्वासको मत दिने


    २०८० चैत्र १९, सोमबार
    आलोपालो मुख्यमन्त्री बन्ने सहमतिपछि जम्मकट्टेललाई नेकपा एसले विश्वासको मत दिने

    २०८० चैत्र १९, सोमबार

    हेटौडा । वागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ ।

    एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै  मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।

    यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफुले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबण्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो ।  अब सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ ।

    बागमती प्रदेश सभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर