• जेठ २, २०८२ शुक्रबार
    16 May, 2025, Friday

    माओवादीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम


    २०८० पुष २२, आइतबार
    माओवादीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम

    २०८० पुष २२, आइतबार

    काठमाडौं, २२ पुस । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले पार्टीबाट हुने उम्मेदवारको नाम टुग्याएको हो । जसअनुसार  कोशी प्रदेशबाट चम्पा कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशबाट मनरुपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी, कर्णाली प्रदेशबाट विष्णु विक र सुदूरपश्चिम प्रदेशबाट रेनु चन्दको नाम टुंग्याएको हो ।

    यसअघि आइतबार बसेको गठबन्धनको बैठकले १९ पदका निम्ति भागबन्डा गरेको थियो । जसअनुसार  कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएका थिए ।

    आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर