• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    इजरायलबाट घाइतेको उद्दार र मृतकको शव ल्याउने कार्य तत्काल गर्न एमाले अध्यक्ष ओलीको माग


    २०८० असोज २२, सोमबार
    इजरायलबाट घाइतेको उद्दार र मृतकको शव ल्याउने कार्य तत्काल गर्न एमाले अध्यक्ष ओलीको माग

    २०८० असोज २२, सोमबार

    काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताउनु भएको छ ।

    सोमबार विहान सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्नु हुँदै अध्यक्ष ओलीले अतिवादी समुह हमासद्धारा इजरायलमा गराईएको आक्रमणमा परी १० नेपालीको ज्यान गएको भन्दै मृतक नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउन सरकारसँग  सो आग्रह गर्नुभएको हो ।

    ‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भन्नुभयो, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शब ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली,  परिवारजनमा समवेदना ।’

    इजरायलमाथी अतिवादी समुह हमासले अचानक गरेको आक्रामणमा सयौंको ज्यान गएको छ भने दुवै पक्षबिच भिडन्त अझै पनि जारी छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर