• बैसाख ३०, २०८२ मंगलबार
    13 May, 2025, Tuesday

    एकिकृत समाजबादीले एमसीसी अनुगमन गर्न पाँच सदस्यीय समिति बनायो


    २०८० भाद्र १८, सोमबार
    एकिकृत समाजबादीले एमसीसी अनुगमन गर्न पाँच सदस्यीय समिति बनायो

    २०८० भाद्र १८, सोमबार

    काठमाडौंः नेकपा (एकीकृत समाजवादी)ले एमसीसी कार्यान्वयनको अनुगमन गर्न पाँच सदस्यीय समिति बनाएको छ । आज बसेको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति बनाइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    समितिमा उपमहासचिवहरू डा. गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, नेतृ गरिमा शाह र एक–एक जना विषयविज्ञ रहने छन् । विषय विज्ञको नाम चयन गर्न बाँकी छ ।

    समितिले एमसीसीको कार्यान्वयनको अनुगमन गर्ने, व्याख्यात्मक घोषणबारे पनि छलफल गर्ने खतिवडाले जानकारी दिए ।

    एकीकृत समाजवादीले संसद्ले पारित गरेको १२ बुँदे घोषणा स्वीकार नगरी एमसीसी कार्यान्वयनमा गएको भन्दै अनुगमन समिति बनाएको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर