• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    प्रचण्ड परिवारसहित सुकुटेमा


    २०७९ मंसिर १४, बुधबार
    प्रचण्ड परिवारसहित सुकुटेमा

    २०७९ मंसिर १४, बुधबार

    काठमाण्डौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेका छन् ।

    परिवारका सदस्यसहित माओवादीका नेता लिएर प्रचण्ड सुकुटे पुगेका हुन् ।

    राजनीतिक तनावपछि रिफ्रेस हुन सु्कुटे पुग्ने गरेका प्रचण्ड अहिले निर्वाचनलगत्तै सुकुटे पुगेका हुन् ।

    प्रचण्डसहितको टोलीले भोटेकोसीमा र्‍याफ्टिङ गरेका छन् । प्रचण्ड बुधबारको बास सुकुटेमै बिताउने भएका छन् ।

    छोरीद्वय रेणु र गंगासहित परिवारिक सदस्य, अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरु प्रचण्डसँगै रहेका छन् ।

    साथै हालै सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका माधव सापकोटा, प्रदेशसभामा निर्वाचित सरल सहयात्री पनि प्रचण्डको टोलीमा देखिएका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर