• फागुण ५, २०८१ सोमबार
    17 Feb, 2025, Monday

    रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह घण्टी


    २०७९ असार १७, शुक्रबार
    रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह घण्टी

    २०७९ असार १७, शुक्रबार

    सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

    पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

    स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर