• माघ ८, २०८१ मंगलबार
    21 Jan, 2025, Tuesday

    सुदूरपश्चिममा ४१ जना कोरोना सङ्क्रमण मुक्त, एकको मृत्यु


    २०७८ असोज ९, शनिबार
    सुदूरपश्चिममा ४१ जना कोरोना सङ्क्रमण मुक्त, एकको मृत्यु

    २०७८ असोज ९, शनिबार

    काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा आज थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४४ जनाको नमूना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैमा पिसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

    सेती प्रादेशिक अस्पतालमा १८ र डडेल्धुरा अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ४१ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अछामका २८ वर्षीय पुरुष छन् । यसअघि शुक्रबार यस प्रदेशमा ३४ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर