• मंग्सिर १६, २०८२ सोमबार
    01 Dec, 2025, Monday

    काठमाण्डौं मेयर बालेन शाहलाई पितृशोक


    २०८२ मंग्सिर १६, सोमबार
    काठमाण्डौं मेयर बालेन शाहलाई पितृशोक

    २०८२ मंग्सिर १६, सोमबार

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको निधन भएको छ।

    आज बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत अवस्थामा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। पिसाबमा भएको संक्रमण शरीरभरि फैलिँदै जटिल बनेपछि अन्तिम क्षणसम्म उपचार जारी रहे पनि बचाउन नसकिएको बताइएको छ।

    मेयर शाहका बुबालाई भेट्न प्रधानमन्त्री सुशीला कार्की पनि सोमबार बिहान अस्पताल पुगेकी थिइन्।

    आयुर्वेद चिकित्सक रहेका दिवंगत शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्। परिवार, नातेदार तथा शुभेच्छुकहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर