• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    परराष्ट्रमन्त्री डा. राणालाई भारतीय समकक्षीको धन्यवाद


    २०८१ माघ १३, आइतबार
    परराष्ट्रमन्त्री डा. राणालाई भारतीय समकक्षीको धन्यवाद

    २०८१ माघ १३, आइतबार

    काठमाडौँ, माघ १३ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज परेको भारतको ७६ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएकामा भारतीय विदेशमन्त्री डा एस जयशंकरले मन्त्री डा. राणालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    मन्त्री डा. राणाले गणतन्त्र दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी एस जयशंकरमार्फत भारतीय जनता र भारत सरकारलाई बधाई तथा शुभकामना दिँदै भारतको निरन्तर प्रगति, समृद्धि र उन्नतिको कामना गर्नुभएको थियो।

    परराष्ट्रमन्त्री डा. राणाले सामाजिक सञ्जालमार्फत भारतसँग नेपालको घनिष्ठ छिमेकीका रुपमा सदियौँदेखि पारस्परिक सम्मान र बलियो मित्रता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यो सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

    सो शुभकामना सन्देशप्रति भारतीय विदेशमन्त्री डा. एस जयशंकरले धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा न्यानो शुभकामनाका लागि परराष्ट्रमन्त्री डा. राणा देउवालाई धेरै धन्यवाद भनेर लेख्नुभएको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर