• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    प्रधानसेनापति सिग्देल भारतको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता


    २०८१ मंसिर ३०, आइतबार
    प्रधानसेनापति सिग्देल भारतको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

    २०८१ मंसिर ३०, आइतबार

    काठमाण्डौः प्रधानसेनापति अशोकराज सिग्देल भारतको भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कनु भएको छ ।

    भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा उहाँ मंसिर २६ गतेदेखि भारत भ्रमणमा जानुभएको थियो । प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका गर्नुभएको हो ।

    भारत भ्रमणमा रहँदा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गर्नुभएको थियो ।

    प्रधानसेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सोही अवसरमा उहाँले भारतीय सेनाको विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि अवलोकन गर्नुभएको थियो।

    “यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको छ,” नेपाली सेनाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर