• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    फेवातालबाट दुई जनाको उद्धार


    २०८१ कार्तिक १, बिहिबार
    फेवातालबाट दुई जनाको उद्धार

    २०८१ कार्तिक १, बिहिबार

    गण्डकी, १ कात्तिक : हावाहुरीका कारण फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

    सशस्त्र प्रहरी बल नं २४ कालिका गणबाट फेवाताल रेस्क्यु टावरमा खटिएको टोलीले तालको बीच भागमा काठको डुङ्गामा अड्किएका रुपन्देहीको देवदह नगरपालिका–११ का २२ वर्षीय मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर नगरपालिका–११ का २२ वर्षीया प्रिति सुनारको उद्धार गरेको हो । काठको डुङ्गा भाडामा लिइ फेवातालमा सवार दुवै जनाको तालको बीच भागबाट उद्धार गरिएको कालिका गणका गणपति प्रहरी उपरीक्षक अरुणकुमार शर्माले जानकारी दिनुुभयो ।

    फेवाताल रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी बलको विशेष विपद् व्यवस्थापन टोलीले घटनाबारे जानकारी प्राप्त गर्नासाथ उनीहरुको उद्धार गरेको थियो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर