• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित


    २०८१ असोज ६, आइतबार
    कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित

    २०८१ असोज ६, आइतबार

    काठमाडौँ  ६ असोज : नेपाली कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनित भएका छन् ।

    सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यवसायिक सिप विकास विभागमा दश जना सदस्यलाई मनोनयन गरेका हुन् ।

    सभापति देउवाले झापाकी वीना तामाङ, धनुषाका कोमलकान्त झा, भक्तपुरकी प्रतिभा अदुवा श्रेष्ठ, कास्कीकी निशा मल्ल ठकुरी, काठमाडौंका सुनिल श्रेष्ठ, बाँकेकी उमाकुमारी थापा, ललितपुरकी फरिन्दा महर्जन, जाजरकोटका रमेश केसी, काठमाडौंकी सीतादेवी बस्नेत कार्की र कञ्चनपुरकी प्रमिला जैरूलाई सदस्यमा मनोनयन गरेका हुन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर