• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    प्रेस युनियन युरोपको अध्यक्षमा कँडेल


    २०८१ श्रावण १, मंगलबार
    प्रेस युनियन युरोपको अध्यक्षमा कँडेल

    २०८१ श्रावण १, मंगलबार

    काठमाण्डौः नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट सञ्जयभक्त कँडेलको नेतृत्वमा प्रेस युनियन युरोपको नयाँ कार्यसमिति चयन भएको हो । नेपालका सबै जिल्ला र प्रदेशमा संरचना विस्तार गरिसकेको युनियनले युरोपलाई प्रदेश स्तरमा स्वीकृति प्रदान गर्दै अधिवेशन गरेको हो ।

    आरके त्रिपाठीको संयोजकत्वमा बनेको निर्वाचन समितिले केन्द्रीय प्रतिनिधि युनियन केन्द्रका उपमहासचिब युवराज गौतमको रोहवरमा वरिष्ठ उपाध्यक्ष एकसहित तीन उपाध्यक्ष, एक महासचिव, एक एक जना उपमहाचिव र सचिव एवम् एक कोषाध्यक्ष चयन गरेको हो ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, युनियन अध्यक्ष शिव लम्साल, एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यलगायतले भर्चुअल रुपमा भएको अधिवेशनमा सम्बोधन गरेका थिए ।

    युनियनको विधानमा भएको व्यवस्थाअनुसार विदेश शाखा विस्तार सुरु गरेको उपमहासचिव गौतमले जानकारी दिए । ‘यूके अधिवेशनका लागि पनि दबाब बढाएका छौं, अस्ट्रेलिया र अमेरिकामा पनि शाखा विस्तारको तयारीमा छौं । युनियनलाई विश्वभर संगठित गर्ने इच्छा छ सोहीअनुसार काम गरिरहेका छौं’ –केन्द्रीय अध्यक्ष शिव लम्सालले भने ।

    कँडेलकै सक्रियतामा तीन वर्षअघि यूके शाखा विस्तार भएको थियो । यूकेमा विपिन निरौला संयोजक भए पनि तीन वर्षसम्म अधिवेशन गराउन सक्नुभएको छैन । तत्काल अधिवेशनका लागि तयारी गर्न केन्द्रले दबाब बढाएको छ ।

    नयाँ कार्यसमितिहरुमा अध्यक्ष सञ्जयभक्त कँडेल, वरिष्ठ उपाध्यक्ष सिद्धार्थविक्रम क्षत्री, उपाध्यक्ष भरत प्रधान, उपाध्यक्ष सविना श्रेष्ठ, उपाध्यक्ष विकास लम्साल, महासचिव प्रबल भट्टराई, उप–महासचिव प्रतीक लामिछाने, सचिव मिलन शर्मा, कोषाध्यक्ष सुजन पराजुली र सदस्यहरुमा कञ्चन प्रसाईं, आशिष बस्नेत, विजय शर्मा, पुस्तक रेग्मी, रोहन बानिया, नवराज काफ्ले, हरिप्रसाद पाण्डे र चक्र गुरुङ रहेका छन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर