• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    उपरथी सिलवालसहित चार जनालाई दर्ज्यानी चिह्न प्रदान


    २०८० मंग्सिर ११, सोमबार
    उपरथी सिलवालसहित चार जनालाई दर्ज्यानी चिह्न प्रदान

    २०८० मंग्सिर ११, सोमबार

    काठमाडौंः प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जामा विशेष पदोन्नति भएका सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसअघि सिलवालले द्रुतमार्ग निर्माण अनुगमन समिति अध्यक्ष र सैनिक प्रवक्ताका रुपमा समेत काम गरेको अनुभव सम्हालेका छन् ।

    प्रधानसेनापतिले सो अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका तीनजना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर