काठमाण्डौंः दार्चुलाकाे खलङ्गामा रहेकाे भारतीय सीमा पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ ।
भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका वडा–४ खलङ्गामा रहेकाे झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। प्रशासन कार्यालय दार्चुलाका अनुसार आजदेखि बिहान ६ बजे खुलेर बेलुका ६ बजे बन्द हुने प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभएको छ ।
यसअघि बिहान ६ बजे खुलेर बेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल अब एक घण्टा छिटो बन्द हुने उहाँले बताउनु भयो । दिनहरु छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको बताइएको छ ।
ग्रीष्मकालीन समयमा यो नाका बिहान ६ बजे खुल्ने र बेलुका ७ बजे बन्द हुने गरेको छ ।
शीतकालीन समयमा छिट्टै अँध्यारो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भयो । यो पुल भएर सबैभन्दा बढी नागरिक ओहोरदोहोर हुने गरेको छ ।