• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु


    २०८० कार्तिक १५, बुधबार
    भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

    २०८० कार्तिक १५, बुधबार

    काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन ।

    भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर