काठमाडौंः दाङको लमहीमा चिप्लिएर अर्जुन खोलामा खस्दा एक जना नेपाली सैनिकको मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंखर श्रेष्ठले लमही नगरपालिका ६ देउपुरमा रहेको रणसिंह दल गण अर्जुन खोलामा शौचालय गर्न जाँदा चिप्लिएर खस्दा उक्त गणमा कार्यरत ३० वर्षीय प्यूठ सितल थापाको ज्यान गएको जनाए ।
लमजुङको मध्यनेपाल नगरपालिका-९ घर भएको थापा उक्त गणमा कार्यरत रहेका थिए ।