• फागुण ६, २०८१ मंगलबार
    18 Feb, 2025, Tuesday

    स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान


    २०८० असोज २३, मंगलबार
    स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

    २०८० असोज २३, मंगलबार

    काठमाडौंः सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो ।

    कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

    यही असोज १५ गतेदेखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर