• माघ ८, २०८१ मंगलबार
    21 Jan, 2025, Tuesday

    कम्पनीको खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप


    २०७७ श्रावण २४, शनिबार
    कम्पनीको खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप

    २०७७ श्रावण २४, शनिबार

    काठमाडौं- आन्तरिक राजस्व विभागले व्यावसायिक फर्म तथा कम्पनीको खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप गरेको छ ।

    कोरोना भाइरसको महामारीको समयमा खाता प्रमाणीकरणका लागि राजश्व कार्यालयहरुमा भिड बढेर संक्रणको जोखिम भएपछि विभागले प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप गरेको हो ।

    यसअघि खाता प्रमाणिकरणको म्याद साउन मसान्तसम्म मात्रै थियो । व्यवसायीहरुले भदौ र असोजसम्मको म्याद माग गरे पनि विभागले पुससम्म म्याद थप गरेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले बताए।

    मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६९३० बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ।

    यसअघि विभागले २०६० भदौ ३० को निर्णयानुसार मासिक कर विवरण पेश गर्ने करदातालाई श्रावण महिनाभित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कार्तिक महिनाभित्र खाता प्रमाणित गराउनुपर्ने गरी परिपत्र गरेको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर