खोटाङको जन्तेढुंगा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परामर्श सेवा प्रदान गर्न सुरु गरिएको छ ।
उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ज्येष्ठ नागरिकलाई हेव, अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजकले जानकारी दिएका छन् ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै उनिहरूमा भएका समस्या बारेमा जानकारी लिइ आवश्यक परामर्श प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको हो । साथै, कार्यक्रमका लागि सम्वन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा संयोजकले बताए ।
ज्येष्ठ नागरिकको स्वास्थ्यमा मध्यनजर राखि सञ्चालन गरीउको यस कार्यक्रम अन्य वडामा बिस्तार गरिने गाउँपालिकाले जनाएको छ ।
यस्तै, गाउँपालिकाभित्र रहेकाका अशक्त तथा दिर्घ रोगीहरूलाई पनि निःशुल्क औषधि उपलव्ध गराउनका तथ्यांक संकलनक कार्य भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।